काठमाडौँ । मधेस प्रदेशका सांसद सरोजकुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको अनामनगरबाट पक्राउ गरेको हो ।
जसपा सांसद सिंहलाई प्रदेश सांसद विकास कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पक्रेको हो । यसअघि अख्तियारको टोलीले सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई केही दिनअघिमात्रै पक्राउ गरेको थियो ।