arrow

दुई सय ४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
air-india-crash-25-6-12.jpg

अपडेटः

काठमाडौँ । दुई सय ४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतको अहमदाबादबाट बेलायतको लण्डननका लागि उडेको विमान दुर्घटनामा परेको हो ।

विमानले उडान भरे लगत्तै सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको समाचार संस्था एएनआईले जनाएको छ । विमानले दिउँसो स्थानीय समयअनुसार १ः३८ बजे उडान भरेको थियो ।

जहाजमा क्याबिन क्रुसहित दुई सय ४२ जना रहेका थिए । जहाजमा दुई पाइलटसहित १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । 

केही संचारमाध्यमले भने उडान १ः३८ मा भरेको र त्यसको २ मिनेटमै दुर्घटना भएको बताएका छन् । एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणीसमेत रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । 

विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । 

एएनआईका अनुसार एयर इन्डिया फ्लाइट एआई १७१ रहेको बोइङ ७८७–८ मा रहेका २४२ जनामध्ये १६९ जना भारतीय हुन् । ५३ जना बेलायती नागरिक हुन् । सात जना पोर्चुगलका हुन् भने एक जना क्यानाडाका हुन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गृहमन्त्री अमित शाह र नागरिक उड्डयन मन्त्री राममोहन नाइडूलाई अहमदाबाद गएर सक्दो सहयोग गर्न भनेका छन् । 

दुर्घटनासँगै सरदार भल्लाभाभाइ पटेल विमानस्थल बन्द गरिएको छ । सबै उडान तत्कालका लागि रद्द गरिएकोसमेत एएनआईले बताएको छ । 

घाइतेहरुलाई नागरिक अस्पतालमा लगिएको छ ।

गृहमन्त्री अमित शाह घटनास्थल पुगेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ