पर्वतको चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
742
Shares
पर्वत । पर्वतको चिसापानी–देउराली–बानीडाँडा सडक १५ वर्षअघि ट्र्याक खुलेको भए पनि अहिले आएर धमाधम कालोपत्र भइरहेको छ। यो सडकको कालोपत्रेले स्थानीय बासिन्दालाई ठूलो राहत पुगेको छ।
सङ्घीय सरकारद्वारा विनियोजित १ करोड रुपैयाँको लागतमा सडक कालोपत्र गर्न थालिएको स्थानीय पूर्वाधार विकास कार्यालयले जनाएको छ। कालोपत्रसँगै टेवा पर्खाल, वर्षाको पानी निकासका लागि नाली निर्माण, ग्याबियन जाली भर्ने र कल्भर्ट निर्माणलगायतका अन्य कामहरू गत वर्ष नै सम्पन्न भइसकेका थिए। यस वर्षको बजेटले भने मुख्यतया कालोपत्रको काम मात्रै गरिएको हो।
यो सडक वालिङ–हुवास सडकसम्म पुग्ने वैकल्पिक मार्ग भएकाले यसले सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गरेको छ। स्थानीय पूर्वाधार विकास कार्यालयका इन्जिनियर रवीन पन्थीका अनुसार, चालू आर्थिक वर्षभित्रै कालोपत्रको सम्पूर्ण काम सम्पन्न हुनेछ।