arrow

ट्रम्पलाई राजदूत रेग्मीले बुझाए ओहोदाको प्रमाणपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २९ बिहिबार
trump-2025-05-22.jpg

काठमाडौँ । अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल कार्यकालको कामना गरे।

राजदूत रेग्मीले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध निरन्तर वृद्धि र मजबुत हुने विश्वास व्यक्त गर्दै नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको सहयोगप्रति आभार प्रकट गरे।

जवाफमा, राष्ट्रपति ट्रम्पले राजदूत रेग्मीलाई अमेरिकामा स्वागत गर्दै नयाँ दायित्वका लागि बधाई दिए। उनले अमेरिकी सरकार दुई देशबीच सामूहिक चासोका साथ सहकार्यमार्फत सुमधुर र पारस्परिक सम्बन्धलाई अझ बलियो बनाउन प्रतिबद्ध रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ