काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। मंगलबारको तुलनामा आज सुन प्रति तोला रु १ हजार ३०० ले बढेको छ भने चाँदी प्रति तोला रु १५ ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु १ लाख ९१ हजार ३०० कायम भएको छ। यस्तै, एक तोला चाँदी रु २ हजार १६५ मा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।