arrow

झापामा तीन जना मृत फेला, एकको सनाखत हुन बाँकी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
Jhapa-hamrakura.jpg.jpeg

झापा। झापा जिल्लाका विभिन्न तीन स्थानमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शवहरू भेटिएका हुन्।

मृत्यु हुनेमा बिर्तामोड–२, फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११, नयाँबस्तीका ६० वर्षीय मित्रलाल कामी रहेका छन्। यस्तै, अर्जुनधारा–४ मा फेला परेको शवको भने अहिलेसम्म परिचय खुल्न सकेको छैन।

प्रहरीले तीनवटै शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ