arrow

देशभर आंशिक बदली, केही स्थानमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल नेपालको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव कायम छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

त्यसैगरी, आज राति पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ