arrow

गाजा पट्टी र वेस्ट बैङ्कमा भएको आक्रमणमा १६ हजार विद्यार्थीको मृत्यु, २६ हजार घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
gaza-students-afp.jpg

रामल्ला । प्यालेस्टिनी शिक्षा  मन्त्रालयले गाजा पट्टी र वेस्ट बैङ्कमा इजरायली आक्रमण सुरु भएदेखि १६ हजार ३८२ विद्यार्थी मृत्यु हुनुका साथै २५ हजार ९५९ जना घाइते भएको जनाएको छ ।

 मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरी घटनाको पुष्टि गरेको छ । मन्त्रालयले इजरायली आक्रमणमा ९१७ जना शिक्षक तथा प्रशासकहरू शहीद भएको तथा  वेस्ट बैङ्कमा चार हजार ३४७ जना घाइते भएको र १९६ भन्दा बढीलाई हिरासतमा राखिएको जनाएको छ ।

गाजाका ४४३ वटा  सरकारी विद्यालय, विश्वविद्यालय र तिनीहरूसँग सम्बद्ध भवनहरू तथा संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (यूएनआरडब्लूए)  सँग सम्बद्ध ९१ वटा विद्यालयहरूमा बम प्रहार गरी तोडफोड भएको उल्लेख गरिएको छ । वेस्ट बैङ्कामा १५२ वटा विद्यालय र आठवटा विश्वविद्यालयमा छापा मारेर तोडफोड गरिएको जनाइएको छ ।  

जेरुसेलमका छ वटा यूएनआरडब्लूएसँग सम्बद्ध स्कुल मे ८ देखि बन्द रहेको जनाइएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ