arrow

स्कूलमा गोली हानाहानमा दशको मृत्यु, थुप्रै गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
austria-school-attack.jpg
तस्बिर – गेट्टि इमेजेज ।

भिएना । अस्ट्रियाको  ग्राज सहरको एक स्कूलमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको स्थानीय मिडियाले मङ्गलबार जनाएको छ ।

गोली हानाहानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् ।  अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् । 
 
अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मङ्गलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कूलमा उक्त घटना भएको हो ।

 घटना स्थलमा हेलिकप्टरसहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरी थप खतरा हुनबाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ