राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
588
Shares
काठमाडौँ। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो। समितिका सभापति रामहरि खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिहरूलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले सर्वसम्मत रूपमा विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद पनि दिए।
समितिबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई छिट्टै संसद्मा पेस गरिने सभापति खतिवडाले जानकारी दिए।