arrow

पोखरामा एक युवकको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
crime-final-everytime-use.jpg

पोखरा । पोखरामा सोमबार बिहान मृत फेला परेका युवकको अझै सनाखत हुन सकेको छैन ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा युवकको शव फेला परेको थियो ।

युवकको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनास्थलमा किला ठोक्ने हम्मरसमेत फेला परेको र मृतकको टाउकामा गहिरो चोट देखिएकाले घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ