arrow

देशभर मौसम बदली, पहाडी भूभागमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । आज दिनभरि र राति नेपालको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायतका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ वा आंशिक बदलीको अवस्था देखिनेछ।

वर्षाको सन्दर्भमा, कोशी र लुम्बिनी प्रदेशसहित पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका अतिरिक्त, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ।

आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेश लगायतका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली हुनेछ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ। यसैगरी, कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभावका कारण समग्र मौसममा बदली आएको मौसमविद्हरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ