arrow

अत्यधिक गर्मीका कारण दुई दिन विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
hot-day-children-2024.jpg

कञ्चनपुर। बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेको छ। गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै आज (जेठ २७) र भोलि (जेठ २८) नगरभित्रका विद्यालयहरू बन्द गरिएका छन्।

नगरप्रमुखस्तरीय निर्णयअनुसार विद्यालयमा बिदा दिइएको नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए। बर्खे बिदाबाट मिलान हुनेगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा यो गर्मी बिदा दिइएको उनले बताए।

गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्न समस्या भएको छ। दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार, गर्मीका कारण रिङ्गटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्ने लगायतका स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ