arrow

उपत्यकामा अत्यायो गर्मीले, अझै बढ्ने, पानी पर्ने सम्भावना न्यून [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
hotday-kathmandu-82-2-26r.jpg

काठमाडौँ । देशभर गर्मी बढ्न थालेको छ । केही दिनअघि पानी पारेर चिसो भएको काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँहरू अहिले गर्मीले तातिन थालेका छन् ।

काठमाडौँ उपत्यकामा गर्मीले केही दिनदेखि उत्पात नै गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डीपी ढकालका अनुसार हिजोभन्दा काठमाडौमा आज बढी गर्मी छ । हिजो ३०.५ डिग्री सेल्सियस रहेकामा आज बढेर (दिउँसो २ः४५ बजे) ३१.६ डिग्री पुगेको छ । 

ढकालले काठमाडौँमा ठूलो वर्षा हुने सम्भावना तत्काल नभएको बताए । उनले काठमाडौँमा भोलि हल्का वर्षाको सम्भावना भए पनि त्यो क्षणिक हुन सक्ने बताए । भोलिको तुलनामा पर्सी बुधबार क्षणिकदेखि मध्यम वर्षा हुने सम्भावना बढी रहेको मौसमविद् ढकालले बताए । 

यता गत सातादेखि नेपालमा प्रवेश गरेको मनसुन अहिलेसम्म कोशी प्रदेशमै रहेको छ । ढकालले केही दिनपछि अन्यत्र सर्न सक्ने सम्भावना भए पनि यसै भन्न सक्ने अवस्था नभएको जानकारी दिए । 

यता गर्मी बढ्न थालेसँगै सर्वसाधारणहरु दिनको समयमा छाता ओढ्ने र चिया पेय पदार्थ सेवनमा जोड दिन थालेका छन् । 

hotday-kathmandu-82-2-26 (10).jpg
hotday-kathmandu-82-2-26 (9).jpg
hotday-kathmandu-82-2-26 (8).jpg
hotday-kathmandu-82-2-26 (7).jpg
hotday-kathmandu-82-2-26 (6).jpg
hotday-kathmandu-82-2-26 (5).jpg
hotday-kathmandu-82-2-26 (4).jpg
hotday-kathmandu-82-2-26 (3).jpg
hotday-kathmandu-82-2-26 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ