-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । संघीय संसदअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ।
बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा विस्तृत छलफल हुनेछ।
यस क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) र ब्रिटिस गोर्खा सैनिकका प्रतिनिधिहरूसँग पनि छलफल गरिने कार्यसूची रहेको छ।
नागरिकता विधेयकमाथि लामो समयदेखि विभिन्न सरोकारवालाहरूसँग छलफल हुँदै आएको छ।