arrow

देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिम र मध्य भू-भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ। यसैगरी, कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

वर्षाको सम्भावनाका सन्दर्भमा, कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा अथवा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा अथवा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ