-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनचाँदीमा सरकारले लगाएको करविरुद्ध आज ध्यानाकर्षण ऱ्याली निकालेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले सुनचाँदीमा सरकारले लगाएको करविरुद्धध्यानाकर्षण ऱ्याली निकालेको हो ।
सुनमा सरकारले लगाएको २ प्रतिशत विलासिता कर र हिरा जुवाहरत पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेजीको माग राख्दै उनीहरूले ऱ्याली निकालेका हुन् ।
ऱ्याली न्युरोड गेट एनएसीदेखि इन्द्रचोक डबलीमा पुगी कोण सभामा परिणत भएको थियो ।