arrow

नेपाली फुटबल टोलीले लाओसमा थाल्यो अभ्यास 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
nepali-football-laos-traini.jpg

भियन्तियन । एसियन च्याम्पियनशिप अन्तर्गत लाओसविरुद्धको खेल अगाडि नेपाली राष्ट्रिय फुटबल टोलीले लाओसमा अभ्यास शुरु गरेको छ । 

शुक्रबार राति लाओसको राजधानी भियन्तियनमा आइपुगेको नेपाली टोलीले शनिबारबाट अभ्यास गरेको हो । अभ्यासका क्रममा टोलीका कप्तान किरण चेम्जोङगले लाओसको वातावरण र मौसमलाई मध्यनजर गर्दै टोलीले अभ्यास शुरु गरेको जानकारी दिए । 

हङकङसँगको बराबरी खेलेर हौसिएको नेपाली टोली च्याम्पियनशिपको खेल हुनु तीन दिनअघि लाओसमा अभ्यास गर्ने वातावरण बन्नाले फाइदा पुग्ने उनको भनाइ छ । 

यसअघि पनि लाओससँग खेलिसकेको हुँदा धेरै समस्या नहुने किरणले बताए । कप्तान चेम्जोङले खेलाडीमा भएका थकान मेटाउँदै अभ्यासबाट ऊर्जासहित घरेलु टोली लाओससँग प्रतिष्पर्धा गर्ने उल्लेख गरे । बलियो टोली हङकङसँग खेल्दा नेपाललाई फाइदा पुगेको उनको जिकिर छ । 


मैदानमा करिब २ घण्टा अभ्यास गरेका खेलाडीहरुलाई प्रशिक्षक म्याट रसले मानसिक र शारीरिक रुपमा तयार रहन आग्रह गरेका थिए । सोही क्रममा खेलाडीहरुले चर्को घाम र गर्मीसँगै अभ्यास गरेका थिए । 

नेपाली टोलीले जेठ २७ गते मंगलबार घरेलु टोली लाओससँग प्रतिष्पर्धा गर्दैछ । लाओससँग पछिल्लो ६ खेलमा नेपाली टोलीले ४ मा जित हात पारेको छ भने  २ खेलमा बराबरीमा रोकिएको छ । यससँगै लाओसको मैदानमा नेपाली टोलीले दुई खेलमा १ मा जित र १ मा बराबरी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ