arrow

नागरिकता विधेयकमाथि संशोधनकर्तासँगको सकियो छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
smiti-rajyabewasta.jpg

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँगको छलफल सम्पन्न गरेको छ। उक्त विधेयकमाथि ४६ जना सांसदबाट ८५ वटा संशोधन प्रस्ताव परेका थिए।

समितिका सभापति रामहरि खतिवडाले आजको बैठकमा संशोधनकर्ता सांसदहरूसँगको छलफल सकिएको जानकारी दिए। उनले अर्को बैठकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष र पूर्वअध्यक्षका साथै भूतपूर्व गोर्खा सैनिकसँग सम्बन्धित सङ्गठनका पदाधिकारीहरूसँग छलफल गरिने बताए।

बैठकमा गृहमन्त्री रमेश लेखकले समितिमा छलफलमा रहेको उक्त विधेयकलाई चाँडो टुङ्ग्याएर सदनमा पठाउन आग्रह गरे। "यो अत्यन्त संवेदनशील विषय हो, विधेयकलाई चाँडो पारित गरेर जाऔँ, नागरिकताविहीन नागरिकले भोगिरहेको पीडाको अवस्था अन्त्य गर्न लागौँ," उनले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ