arrow

महाधिवेशन नगर्ने तरुण दल तदर्थ समिति विघटनको माग गर्दै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
tarun-dal-flag.jpg

काठमाडौँ । नेपाल तरुण दलको महाधिवेशन गर्न नसक्ने केन्द्रीय समिति विघटनको माग गर्दै तरुण युवाहरुले प्रदर्शन गर्ने भएका छन् । आज नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा दिउँसो १ बजे प्रदर्शन गरिने युवाहरुले जनाएका छन् । 

नेपाल तरुण दलको २०७३ सालमा पोखरामा भएको महाधिवेशनबाट आजको दिनसम्म आउँदा नौ वर्ष बितिसकेको भन्दै  कुनै दल वा भ्रातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनु भनेको आन्तरिक लोकतन्त्र कमजोर हुनु त छँदैछ अझ त्योभन्दा सिंङ्गो संगठन कमजोर बनिरहेको दावी युवा तरुणहरुको छ ।
  
नियमित महाधिवेशन गर्न सकेको भए लाखौँ तरुण युवाहरूको आशा र भरोसा बोकेको कांग्रेसमै हजारौं युवाहरु नेतृत्वमा स्थापित भैसकेका हुने तर्क गर्दै असन्तुष्ट तरुण युवाहरुले तदर्थ समिति अध्यक्षलाई पटक पटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकाले यस्तो तदर्थ समिति विघटनको माग गरेका हुन् । 

प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले भनेका छन्, 'तदर्थ समितिको मूल उद्धेश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी कन्द्रीय सदस्यहरुले भनिरहदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागरहनु भयो। अहिले भैरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो। कहिले अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरू माझ हानाहान र काटमारको अवस्था सिर्जना गराउनु भयो। तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस् वा भत्काउँदा केन्द्रीय  समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुन कुन जिल्लामा हुँदैछ, को को केन्द्रीय प्रतिनिधि तोकिँदैछ केन्द्रीय समितिले थाहा पाउनु जरुरी छैन र ?'

 उनीहरुले अगाडि भनेका छन्, 'यसैको परिणाम आज तीन वर्षसम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी बस्न परिरहेको छ। तदर्थ समितको समय अवधि सामान्यतया छ महिनादेखि एक वर्ष सम्मको हुने प्रचलन छ। यसरी हेर्दा हाम्रो तीनदेखि छ पटक म्याद थपिएको बुझ्न सकिन्छ । छ- छ पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने त्यही नेतृत्व र त्यही प्रवृत्तिले फेरि महाधिवेशन गर्न सक्छु भनेर म्याद थपिमाग्ने न हामी न कसैको नैतिक धरातल छ। न त नेतृत्वमा त्यो विस्वास छ। त्यसैले नेपाली कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितको माग गर्दछौँ । फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाँडो बनाउने विषयको विपक्षमा हामी बहुसंख्यक केन्द्रीय सदस्हरु रहेको जानकारी गराउँदछौँ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ