arrow

हङकङसँग बराबरी खेल्यो नेपालले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
nepal-football-hongkok.jpg

काठमाडौँ । नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।

हङकङको राष्ट्रिय रङ्गशालामा बिहीबार सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।  

एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले मैत्रीपूर्ण खेल खेलेका हुन् । 

फिफा वरीयतामा हङकङ १५३ औँ स्थानमा रहेको छ । नेपाल १७५ औँ स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ