arrow

मनोज ज्ञवाली नबिल बैंकको सीईओमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
manoj-gyawali-ceo-nabil-bank-2082.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बिहान 

बसेको सञ्चालक समितिको  ६८२ औँ बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । 

यस अघि कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैङ्किङ क्षेत्रमा स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैङ्क लगायत विभिन्न वाणिज्य बैङ्कको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैङ्किङ क्षेत्रको अनुभव बटुलिसकेका छन् । 

सिएसमेत रहेका ज्ञवालीसँग बैङ्कहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैङ्क, ग्लोबल आइएमई बैङ्क, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैङ्कसहित पुँजी बजार तथा बैङ्किङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैङ्क लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

त्यस्तै सोही समितिले नायब महाप्रबन्धक आदर्श बजगाँइलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
 
नबिल बैङ्क लिमिटेड नेपालको निजी क्षेत्रको अग्रणी बैङ्क हो । बैङ्कले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । नेपाली बैङ्किङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ