arrow

गण्डकीको नीति तथा कार्यक्रममा सुशासनलाई प्राथमिकता [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
dilliraj-bhatta-gandaki-province-niti.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । बुधबार दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम संसद्बाट पारित भएपछि असार १ मा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । सरकारले नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधारलाई बढी जोड दिएको छ । सुशासनलाई प्राथमिकता दिइएको छ ।

मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रममार्फत प्रतिभाशाली युवाहरूलाई नीति निर्माण र कार्यान्वयनमा संलग्न गराइने नीति तथा कार्यक्रममा समावे छ ।

यस्तै युवा र विद्यार्थीलाई प्रविधिमा दक्ष बनाउन डिजिटल गण्डकी प्रदेश कार्यक्रमबाट अघि सारिएको छ । यस्तै सरकारले राइड सेयरिङलाई लागू गर्ने प्रतिवद्धता जनाएको छ । यस विषयमा सरकारले यसअघि गरेको निर्णय हालका लागि स्थगित गरिएको छ ।

यो नियमावलीलाई आगमी आर्थिक वर्ष थप नियमन र व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा ल्याएको हो । साथै प्रदेश सरकारले समावेशी विकास, संघीयताको संस्थागत मजबुतीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रणालीगत सुधारमा पनि जोड दिएको छ।

यस्तो छ गण्डकीको नीति तथा कार्यक्रमको पूर्णपाठ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ