कान्तिलोकपथ चार दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २० मंगलबार
610
Shares
बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको सीमा बगुवास्थित बागमती खोलामा बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले कान्तिलोकपथ सडक चार दिनका लागि बन्द हुने भएको छ।
मकवानपुर जिल्ला प्रशासन कार्यालयले आज (मंगलबार) एक सूचना जारी गर्दै जेठ २१ गतेदेखि २४ गतेसम्म उक्त सडक पूर्ण रूपमा बन्द रहने जानकारी दिएको छ।
सडक बन्द हुने भएकाले सम्बन्धित सबैलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।