arrow

एमाले संसदीय दलको बैठक बस्दै, बजेटमाथि समीक्षा हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
kp-oli-20.jpg

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ।

नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने यस बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल केन्द्रित हुनेछ। 

बैठकमा बजेटबारे दलको धारणा तय गर्ने र यसको समग्र समीक्षा गरिने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ