arrow

देशैभर बदली, कोशी र गण्डकीमा वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार, आगामी २४ घण्टासम्म नेपालको मौसममा आंशिकदेखि साधारणतया बदली रहनेछ। पश्चिमी वायु, स्थानीय वायु र कोशी प्रदेशमा मनसुनी वायुको प्रभावका कारण केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेषगरी, कोशी प्रदेश र गणकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, देशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको पनि सम्भावना रहेको छ।

राती पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना कायम रहनेछ।

उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि यथावत् छ।

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ। यसैगरी, कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ