कुमारी बैङ्कको एटिएम तथा पीओएसमा मास्टर कार्ड प्रयोग गर्न सकिने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १७ शनिबार
608
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले आफ्नो एटिएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा मास्टर कार्ड स्वीकार गर्ने भएको छ। डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरूलाई थप सहज, सुरक्षित र आधुनिक बैङ्किङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ, यो सुविधा नेपाल भर कुमारी बैङ्कका सम्पूर्ण एटिएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुनेछ। यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैङ्कको एटिएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने साथै यसले व्यापारीहरूलाई पनि लाभ हुने विश्वास बैङ्कले लिएको छ। बैङ्कले आफ्नो सेवाको दायरालाई बिस्तार गर्दै, डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबार मार्फत थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
विगत २४ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रूपमा विद्युतीय कारोबार मार्फत बैङ्किङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि विद्युतीय कारोबारलाई प्राथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।