arrow

रहेनन् साहित्यकार एवं पत्रकार विजय चालिसे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १६ शुक्रबार
vijay-chalise-82-2-16died.jpg

काठमाडौँ । साहित्यकार तथा अग्रज पत्रकार विजय चालिसेको निधन भएको छ । उनको शुक्रबार बिहान उपचारको क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो ।

चालिसे गोरखापत्रका पूर्व कायममुकायम प्रधानसम्पादक तथा गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्षसमेत थिए । चालिसेका दर्जनौँ कृति प्रकाशित छन् ।

२००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसेको केही समयअघि मात्रै ‘युगसन्धि’ नामक उपन्यास प्रकाशित भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ