काठमाडाैँ । नेपाली बजारमा पाँच दिनसम्म निरन्तर ओरालो लागेको सुनको भाउ आज सामान्य बढेको छ ।
साताको अन्तिम दिन आज सुनको भाउ प्रतितोला सात सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ८८ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको भाउ प्रतितोला एक लाख ८७ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज असली चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ घटेर एक हजार नौ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५ रुपैयाँमा कारोबार भएको थियो ।