ऊर्जा मन्त्रालयलाई ८६ अर्ब १ करोड: ९४२ मेगावाट थप बिजुली उत्पादनको लक्ष्य
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
938
Shares
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा यो जानकारी दिए।
अर्थमन्त्री पौडेलका अनुसार, नदी नियन्त्रणतर्फ ६३ किलोमिटर तटबन्ध निर्माण र २७० हेक्टर जग्गा नदी उकास गरिनेछ। आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने जलविद्युत् आयोजनाहरूबाट थप ९४२ मेगावाट बिजुली उत्पादन भई कुल जडित क्षमता ४ हजार ८ सय मेगावाट पुर्याइनेछ।
त्यसैगरी, ७३२ किलोमिटर डबल सर्किट राष्ट्रिय प्रसारण लाइन निर्माण हुनेछ भने आगामी आर्थिक वर्षमा थप १४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने पनि उनले बताए।