सरकारले जेन्जी पुस्तालाई तीन प्रतिशत ब्याजमा ७३ करोड ऋण दिने
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
517
Shares
काठमाडौँ । सरकारले जेन्जी (जेन जी) पुस्तालाई सहुलियत ऋण प्रदान गर्ने भएको छ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ७३ करोड बजेट विनियोजन गरेका हुन् । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने उनले बताए ।
युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशत ब्याजमा सो अनुदान उपलब्ध गराउने उनले बताए ।