काठमाडौँ । सरकारले क्रिकेट खेलका लागि निकै नै प्राथमिकता दिएको छ । सरकारले क्रिकेट मैदान बनाउनका लागिमात्र आगामी आर्थिक वर्षका लागि ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।
जसमा कीर्तिपुर मैदानका लागिमात्रै ४० करोड खर्च हुनेछ ।
युवा तथा खेलकुद मन्त्रालयलाई जम्मा ६ अर्ब ८ करोड रकम छुट्टाउँदा सुर्खेतमा हुने दशौँ राष्ट्रिय खेलकुदलाईमात्रै ५४ करोड छुट्टाइएको छ ।
यो बजेट खेलकुदका लागि अहिलेसम्मकै बढी हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गरेका हुन् । सो क्रममा खेलकुद क्षेत्रमा छुट्टाइएको बाँकी रकम कर्मचारीहरुकै तलब भत्तामा खर्च हुने देखिन्छ ।
अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी र प्रशिक्षकका सन्तानलाई निःशुल्क शिक्षा दिइने योजनासमेत सरकारले बनाएको छ ।