arrow

आर्थिक वर्ष २०८२/०८३ को बजेट 

कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड विनियोजन

किसानका लागि बीमा र सूचना सेवा विस्तार गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
ministry-of-agriculture.jpg.jpeg

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिए।

अर्थमन्त्री पौडेलका अनुसार, सरकारले कृषि तथा पशुपन्छी बीमा कार्यक्रममा साना तथा मझौला किसानको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। यसका लागि बाली तथा पशु बीमाको प्रिमियममा दिइने अनुदानका लागि २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ।

किसानहरूलाई सहयोग पुर्याउन मौसम पूर्वानुमान, कृषि उपजको मूल्य र कृषि सामग्रीको उपलब्धताका सम्बन्धमा नियमित सूचना उपलब्ध गराउन 'किसान एप' को विकास  सेवालाई व्यवस्थित गर्ने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ