काठमाडौँ । सङ्घीय संसद्को आजको संयुक्त बैठक बसिरहेको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस भइरहेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेस गरिरहेका हुन् ।
यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकमा आर्थिक सर्वेक्षण पेस गरिएको थियो ।