arrow

चेल्सी बन्यो युूईएफएका चार ओटै क्लब प्रतियोगिता जित्ने पहिलो टिम 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
chelsea-conference-cup.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग क्लब चेल्सीले मुस्किलले एउटा उपाधि जितेको छ । त्यो हो कन्फरेन्स लिगको उपाधि । चेल्सीको प्रिमियर लिगमा प्रदर्शन खराब भइरहँदा उसले माथिका उपाधि जित्न नसके पनि यही कन्फरेन्स लिग भए पनि जितेको हो । 

बुधबार पोल्यान्डको व्रोक्लावमा भएको कन्फरेन्स लिगको फाइनलमा चेल्सीले रियल बेटिसलाई ४–१ ले हरायो । यो उपाधि जितेसँगै चेल्सी यूईएफएका सबै चार वटा क्लब प्रतियोगिता जित्ने इतिहास बनाउन सफल भएको छ ।

यसअघि चेल्सीले १९७१ र १९९८ मा कप विनर्स कप (अहिले बन्द भएको प्रतियोगिता), २०१२ र २०२१ मा च्याम्पियन्स लिग र २०१३ र २०१९ मा युरोपा लिग जितेको थियो। 

प्रिमियर लिगको सातौँ स्थानमा रहने टिमले कन्फरेन्स लिगको उपाधिका लागि खेल्ने गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ