काठमाडौँ । इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले हारबाट प्रिसिजन टुरको शुरुआत गरेको छ । मे बैंक च्यालेन्ज कपमा बुधबार पाहुना टोली युनाइटेड एसियन अल स्टार्ससँग १–० ले पराजित भयो ।
मलेसियाको क्वालालाम्पुरस्थित नेसनल बुकित जलिल रंगशालामा सम्पन्न खेलमा माउङ माउङ ल्विनले गरेको एकमात्र गोल असियनलाई जित दिलाउन पर्याप्त बन्यो ।
ल्विनले ७२औं मिनेटमा गोल गरेका थिए । उनले एड्रियन सेगेसिकको पासलाई पोस्टको दिशा दिए ।