सक्कली टाटा जेन्युइन पाट्र्स प्रयोग: व्यावसायिक सवारीसाधनको सुरक्षा र दिगोपनको ग्यारेन्टी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
828
Shares
काठमाडौँ। नेपालमा व्यावसायिक सवारीसाधनको सङ्ख्यामा तीव्र वृद्धि भइरहेका बेला, गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पाट्र्स प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ।
नक्कली पाट्र्सले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पुर्याउने खतरालाई बढवा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यावसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पाट्र्सको प्रयोग अनिवार्य बनेको छ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्रालि मार्फत सक्कली पाट्र्स देशभर उपलब्ध रहेका छन्।
सक्कली र नक्कली पाट्र्स छुट्टाउने सजिलो उपाय:
प्याकेटमा उल्लेख गरिएको कन्ट्री कोड २०८१२९० वा २०८१२९५ सुनिश्चित गरी
सक्कली टाटा जेन्युइन पाट्र्समा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ।
थ्रीडी होलोग्राम मा देखिने टाटाको लोगोबाट
क्यूआर कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन।
सक्कली पाट्र्सको फाइदा व्यवसायमै देखिन्छ:
टाटा जेन्युइन पाट्र्सले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरीय सुधार ल्याउन मद्दत गर्छ।
सिप्रदी अटोपाट्र्सको देशव्यापी सञ्जालबाट खरिद गर्न सकिने:
सिप्रदी अटोपाट्र्स प्रालिका नेपालभर रहेका रिटेलस तथा पाट्र्स आउट लेटहरूमा सक्कली पाट्र्स उपलब्ध छन्। ग्राहकहरूले कुनै पनि स्थानबाट खरिद गर्दा कन्ट्री कोड र क्युआर कोड जाँच गरेर मात्र सक्कली टाटा जेन्युइन पाट्र्स प्रयोग गर्नु होला।