पश्चिमी र स्थानीय वायुको प्रभाव: देशभर बदली र वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
533
Shares
काठमाडौँ । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज दिउँसोको समयमा देशका पहाडी भूभाग, विशेषगरी लुम्बिनी प्रदेशमा, मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी क्षेत्रमा भने मौसम सफा रहने अपेक्षा गरिएको छ। पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले अनुमान गरेको छ।
महाशाखाका अनुसार, आज राति बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका अन्य भागमा भने मौसम सफा रहनेछ। बागमती र गण्डकी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।