मानव अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास असम्भव : प्रदेश प्रमुख देवकाटा
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
638
Shares
बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकाटाले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको रजत महोत्सवको अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा उनले मानव अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए ।
संविधानले प्रत्याभूत गरेका मौलिक हक, अधिकार तथा स्वतन्त्रताको प्रभावकारी कार्यान्वयनमा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाह गरेको भूमिका समय सापेक्ष, सशक्त र प्रेरणादायी रहेको उल्लेख गर्दै उनले मानवको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चितताका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न सकोस भनी शुभकामना दिए ।
समाजमा अझै हिंसा, द्वन्द्व र विभेद कायम रहनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । उनले सम्भावित मानव अधिकार उल्लङ्घन रोकथामबारे स्थानीय तहसम्म पुगेर गरिएका क्रियाकलापको स्वमूल्याङ्कन हुनु आवश्यक रहेको बताए ।
प्रदेश प्रमुख देवकोटाले मानव अधिकारको विषयमा आयोगले सबै पक्षसँग समन्वय गरेर अघि बढ्न सुझावसमेत दिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय हेटौँडाका निमित्त प्रमुख पवित्रा भण्डारीले चालु आर्थिक वर्ष २०८१/८२ मा हेटौँडा कार्यालयमा मानव अधिकार उल्लङ्घनका १८ वटा उजुरी दत्र्ता भएको जानकारी दिए ।