arrow

नेपाली सेनाद्वारा उद्धार अभ्यास प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
nepal-army-kavre.jpg

काभ्रेपलाञ्चोक । नेपाली सेनाद्वारा मनसुनजन्य विपद्बाट जनधनको क्षति हुन नदिन, उद्धार तथा खोजलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरुप मंगलबार काभ्रेको भुम्लु गाउँपालिका-८ दोलालघाटस्थित इन्द्रावती नदीमा ‘अभ्यास मनसुन-५’ प्रदर्शन गरिएको छ ।

नेपाली सेनाको श्री नं २६ बाहिनी अड्डा भकुण्डेबेँसीद्वारा आयोजित उक्त पूर्वअभ्यास प्रदर्शनमा सेनाको श्री मेहर गण, त्रिनेत्रदल गण र श्री इन्द्रध्वज गणले सहभागिता जनाएका थिए । 

उक्त प्रदर्शनमा बाढीले बगाएका तथा घाइतेको विभिन्न कला एवं स्थानीय स्रोत-साधनद्वारा उद्धारका आठ वटा प्रदर्शन गरिएको थियो ।

यी प्रदर्शनमा सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्ला प्रशासन तथा प्रहरी, नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताललगायत स्थानीय तहले सहभागिता जनाएका थिए । 

काठमाडौं उपत्यका पृतनापति उपरथी विष्णु राउतले विपद्बाट सम्भावित क्षतिलाई रोक्न तथा न्यूनीकरण गर्न तालिम अभ्यास प्रभावकारी हुने बताए ।

उनले अन्यभन्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिमम रहेकाले सबैपक्ष जोखिम न्यूनीकरणमा सतर्क रहनुपर्ने उल्लेख गरे ।

बाहिनीपति निर्जलबहादुर अधिकारीले अव्यवस्थित बसोबासका कारण पनि विपद्को उच्च जोखिम बढ्दै गएको बताए ।

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका सुरक्षाकर्मीले संयुक्त रूपमा बर्सेनि मनसुनअघि इन्द्रावती र सुनकोशी नदीमा पूर्वउद्धार प्रदर्शन गर्दै आएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ