arrow

वट सावित्री पूजा मनाए मिथिलाका महिलाले [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
wat-sabitri-mahila-mithila-.jpg

काठमाडौँ । मिथिलाञ्चलका महिलाहरुले वट सावित्री (बरसाइत) पर्व निष्ठाका साथ मनाएका छन् । जेठ महिनाको अमावश्या तिथिका दिन मैथिल महिलाहरुले व्रत बसेर बरको रुखको पूजा विशेष विधानका साथ गर्ने गर्छन् । 

संस्कृतिको धनी रहेको मिथिला क्षेत्रमा महिलाहरु वट सावित्रीको व्रत बस्ने अनिवार्य बरको रुखको पूजा गर्ने गर्दछन् । मान्यताअनुसार यस दिन सधवा महिलाहरुले आफ्नो दीर्घ शौभाग्यको कामना गर्दै व्रत बस्ने गर्छन् ।

शाास्त्रअनुसार बरको रूखमा त्रिदेव अर्थात् ब्रह्मा, विष्णु र महेशको बास हुन्छ। वटवृक्षको जरामा ब्रह्मा, बीचको खाँबोमा विष्णु र लहरा तथा पातमा महादेवको बास हुन्छ भने तलतिर लत्रेको शाखाहरुमा सावित्रीको बास हुने बताइएको छ।

शास्त्रअनुसार अमावश्या तिथिको दिन पर्ने वट सावित्रीको पूजामा मिथिलाका महिलाहरुले माता सावित्रीको पतिपरायणता देखेर यमराजले समेत उनका पति सत्यवानलाई आयुको वरदान र जीवनदान दिएको स्मरण गर्दै व्रत बस्ने र पूजा गर्ने परम्परा रहेको छ । 

मिथिला क्षेत्रमा वटवृक्षको पूजा गर्नाले श्रीमानलाई लामो आयुको वरदान प्राप्त हुन्छ भन्ने मान्यता विद्यमान रहेको छ। 

मिथिला क्षेत्रबाट राजधानी आएका महिलाहरुले सव्मबार आफ्नो श्रीमानको दीर्घायुको कामना गर्दै नजिकैको बरको रुखमा विधिवत् रूपमा पूजा गरेका छन् । 

wat-sabitri-mahila-mithila-82-212 (13).jpg
wat-sabitri-mahila-mithila-82-212 (12).jpg
wat-sabitri-mahila-mithila-82-212 (11).jpg
wat-sabitri-mahila-mithila-82-212 (10).jpg
wat-sabitri-mahila-mithila-82-212 (9).jpg
wat-sabitri-mahila-mithila-82-212 (8).jpg
wat-sabitri-mahila-mithila-82-212 (7).jpg
wat-sabitri-mahila-mithila-82-212 (6).jpg
wat-sabitri-mahila-mithila-82-212 (5).jpg
wat-sabitri-mahila-mithila-82-212 (4).jpg
wat-sabitri-mahila-mithila-82-212 (3).jpg
wat-sabitri-mahila-mithila-82-212 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ