arrow

जेठ १५ गते काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न ओलीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
kp-oli-11.jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। उनले जेठ १५ गतेको कार्यक्रममा पूर्ण रूपमा समर्पित हुन आग्रह गरे।

ओलीले राजावादीहरू कुनै महान उद्देश्यका लागि नलडिरहेको उल्लेख गर्दै उनीहरूको खुलेर प्रतिवाद गर्न जरुरी रहेको बताए। उनले राजावादीहरूले 'राजा प्राणभन्दा प्यारो छ' भनेर नाराबाजी गर्ने गरेको तर वीरेन्द्रको हत्या हुँदा कहाँ गएका थिए भन्दै प्रश्नसमेत गरे।

प्रधानमन्त्री ओलीले भने, "म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। १५ गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै तयारी थाल्नुस्। १५ गते के के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी अवस्थामा बस्नुहोला। जतिबेलासम्म प्रशिक्षण चल्छ, प्रशिक्षणमा ध्यान दिनुस्। प्रशिक्षण सिद्धिएपछि १५ गतेमा ध्यान दिनुस्। १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कुन संस्था अगाडि लाग्छ, कसले के आयोजना गर्छ त्यो कुरा छोडिदिनुस्।"

राजावादीहरूले जनता र सरकार मौन बसेको अवस्थाको फाइदा लिएर अनावश्यक फुर्तिफार्ती देखाएको उनको टिप्पणी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ