arrow

नागढुङ्गा सुरुङमार्ग सन् २०२६ को जनवरीदेखि सञ्चालन गर्ने तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
nagdhunga-surung.jpg

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्दै सन् २०२६ को जनवरी १ देखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। 

आइतबार मन्त्रालयका सचिवसहितका उच्चस्तरीय अधिकारीहरूसँगै निर्माणाधीन सुरुङमार्गको अनुगमन तथा निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री दाहालले यो सुरुङमार्ग नेपालको गौरवको विषय भएको बताए।

उनले लामो समयको प्रतीक्षापछि सञ्चालनमा आउन लागेको सुरुङमार्गको सब-अपरेशनको काम आगामी कात्तिक ७ गतेदेखि सुरु गरिने जानकारी दिए। मन्त्री दाहालका अनुसार, सिभिल वर्क आगामी अक्टोबर २५ (२०८१ कार्तिक ८) मा सकिनेछ र त्यसपछि सुरुङमार्ग हस्तान्तरण हुनेछ। पूर्ण रूपमा सञ्चालनमा ल्याउनुअघि नै डेमो सञ्चालन गरिने पनि उनले बताए।

मन्त्री दाहालले भने, "नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग नेपालको गौरवको विषय हो। लामो समयको प्रतीक्षापछि यो सञ्चालनमा आउने तयारीमा छ। अहिले पनि काम भइरहेको छ। हामी आगामी कात्तिक ७ गतेदेखि सामान्य सब-अपरेशनको काम चाहिँ सुरु गर्छौं। सिभिल वर्क अक्टोबर २५ मा सकिन्छ। त्यो काम सकिएपछि हामीलाई हस्तान्तरण हुन्छ। यसलाई पूर्णरूपमा आगामी वर्षको जनवरी १ देखि सुरु गर्ने भनेका छौँ।"

मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गबाट नेपालको सुरुङ युगको सुरुवात हुने दाबीसमेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ