arrow

स्पेनिश लिग सकिँदै, एमबाप्पेलाई गोल्डेन बुट पक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
mbappe-real-madrid-2025y.jpg

काठमाडौँ । स्पेनिश लिग ला लिगामा रियाल मड्रिडले दोस्रो स्थान ओगटेको छ । रियालले आफ्नो सिजनको अन्तिम खेलमा रियाल सोसिडाडलाई २–० ले हरायो । 

गएराति सम्पन्न खेलमा रियाल मड्रिडले रियाल सोसिडाडलाई २–० गोल अन्तरले पराजित गरेसँगै यस सिजनको अन्त्य गरेको हो । रियल म्याड्रिडको जितमा दुवै गोल फ्रेन्च खेलाडी केलियन एम्बाप्पेले गरेका थिए । 

एम्बाप्पेले दुवै गोल खेलको ३८औँ र ८३औँ मिनेटमा गरेका थिए ।  

योसँगै एम्बाप्पे ला लिगाका ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन बुटको दौडमा सबैभन्दा अगाडि रहेका छन् । 

दोस्रो स्थानमा बार्सिलोनाका रोबेर्ट लेवानडोस्की रहेका छन् । उनले २५ गोल गरेका छन् । साथै रियाल मड्रिडमा एम्बाप्पेले यस सिजनका सबै खेलमा ४३ गोल गरेका छन् ।

यो जितपछि रियाल मड्रिडले ३८ खेलमा ८४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । बार्सिलोनाले एक खेलअघि नै उपाधि जितिसकेको छ । बार्साको ३७ खेलबाट ८५ अंक छ । 

गएरातिका अन्य खेलमा डेपोर्टिभो र ओसासुनाले १–१ को बराबरी खेल्दा रायो भाएकानो र मयोर्काले गोलरहित बराबरी खेलेका छन् । त्यस्तै सेल्टाभिगोले गेटाफेलाई २–१ ले हराएको छ । 

आज गिरोना र एथलेटिको मड्रिड तथा भिल्लारियल र सेभियाले अन्तिम खेल खेल्दैछन् । 

राति पौने १ बजे एथलेटिक क्लबले च्याम्पियन बार्सिलोनासँग खेल्दैछ । योसँगै जारी सिजनको लिग पनि सकिने छ । 

लिगबाट लेगनेस, लस पल्मस र रियाल भल्लाडोलिड रेलिगेशनमा परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ