arrow

रविको आदेशसँगै समर्थक निराश, पार्टीले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
supreme-court-ravi-supporte.jpg
तस्बिर – रवि लामिछाने समर्थकहरु शुक्रबार बेलुकी सर्वोच्च अदालत परिसर बाहिर ।

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशलाई सदर गरेको छ । 

थुनामुक्त गर्न माग गर्दै लामिछानेको पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि शुक्रबार न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बुटवल इजलासकै आदेश सदर गरेको हो  ।
  
आदेश भनिएको छ, “अदालतबाट निवेदक प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीलाई पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुनेगरी पुर्पक्षका लागि थुनामा राखी मुद्दाको कारबाही र किनारा गर्नेगरी  भएको मिति २०८१–१२–२२ को आदेश बेरितको नदेखिँदा बदर गरिरहनु परेन, कानून बमोजिम गर्नू ।”

रविलाई थुनामै राख्ने आदेश सदर [पूर्णपाठ]
       
सुप्रिम सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने तर्फबाट दायर भएको उक्त रिट निवेदनमाथिको सुनुवाइ अदालतले सो आदेश गरेको हो ।  

समर्थक निराश
रास्वपा सभापति रवि लामिछानेको मुद्दामा शुक्रबारै आदेश आउने भएपछि सर्वोच्च अदालत परिसर बाहिर समर्थकहरुको भीड लागेको थियो । रवि छुट्नेमा अधिकांश समर्थक आशावादी थिए । 

 उनीहरु प्रत्यक्ष नै सर्वोच्च अदालतमा पुगेर रवि रिहा भएको हेर्न चाहन्थे । तर कानूनी प्रक्रिया सबैलाई थाहा हुने कुरा भएन । उनी कानूनतः चुकेका छन् । त्यसैले उनलाई थुनामै पठाउने आदेश सर्वोच्चले गरेको छ । 

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालय र केन्द्रीय समितिको बैठक बोलाएको छ । सर्वोच्च अदालतको आदेशपछि रास्वपा फेरि रणनीति बनाउन बाध्य भएको हो । 

रवि लामो समय थुनामा थिए । त्यसपछि उनी तारेखमा छुटे पनि पार्टीको काम खुलेआम गर्दैनथे । तर जब उनले आफू तारेखमा रहँदा रहँदै पार्टीमा सक्रिय हुन थाले तब उनी फेरि थुनामा परे । 

उनले आफ्नो सांसद पद फुकुवा गर्न सभामुखलाई भेटे । अनि फेरि आफूले सभापतिको कार्यभार सम्हाले । 

जबकि उनीमाथि चार ओटा सहकारी ठगेको मुद्दा छ । उनले आफू दोषमुक्त भएको (स्वघोषणा) भन्दै पार्टीको जिम्मेवारी सम्हालेपछि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालतको धरौटी राखेर छुट्ने आदेश उल्टाएर थुनामा राख्ने आदेश दिएको थियो । 

पार्टीमा फेरि थप संकट आएसँगै रास्वपाले सचिवालय र केन्द्रीय समिति बैठक बोलाएको हो । उनको बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालतको आदेश सदर भएसँगै अब लामो समय जेल बस्नुको विकल्प उनीसँग रहेन । 

यस अर्थमा पनि पार्टीले शनिबार र आइतबारका लागि सचिवालय र केन्द्रीय समिति बैठक डाकेको हो । 

शनिबार भर्चुअल र आइतबार फिजिकल बैठक हुनेछ । 

शनिबार दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ । 

आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा केन्द्रीय समितिको बैठक बस्नेछ । 

तस्बिर शुक्रबार बेलुकी सर्वोच्च अदालत परिसरमा उपस्थित समर्थकहरुको हो । कुनै अप्रिय घटना नहोस् भनी सुरक्षाकर्मी बाक्लो रुपमा परिचालन गरिएको थियो । 

ravi-supporters-supreme-court (12).jpg
ravi-supporters-supreme-court (11).jpg
ravi-supporters-supreme-court (10).jpg
ravi-supporters-supreme-court (9).jpg
ravi-supporters-supreme-court (8).jpg
ravi-supporters-supreme-court (7).jpg
ravi-supporters-supreme-court (6).jpg
ravi-supporters-supreme-court (5).jpg
ravi-supporters-supreme-court (4).jpg
ravi-supporters-supreme-court (3).jpg
ravi-supporters-supreme-court (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ