arrow

सिंगटी हाइड्रो इनर्जीले पायो आईएसओ प्रमाणपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
sudip-khadka-singati-2082.jpg

काठमाडौँ ।  सिंगटी हाइड्रो इनर्जी लिमिटेडले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह र प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेसँगै आईएसओ ९००१–२०१५ प्राप्त गरेको हो ।  

सिंगटीको आर्थिक, प्रशासनिक, कार्य सम्पादन, परियाजनाको विकास तथा डिजाइन, निर्माण लगायतको मूल्यांकन गरेर बेलायतमा रहेको स्टानचुली म्यानेजमेन्ट एण्ड सर्भिसेजको बोर्डले प्रमाणपत्र प्रदान गरेको कम्पनीका प्रबन्ध सञ्चालक सुदिप खड्काले जानकारी  दिए ।

कम्पनीले दोलखाको सिंगटी खोलामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना सञ्चालन गरी ४ वर्षदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । उक्त कम्पनी धितोपत्र कारोबारमा संलग्न भई पुँजीबजारमासमेत सक्रिय रहेको  छ ।

सिंगटीको केन्द्रीय कार्यालय काठमाडौँको गहनापोखरीमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ