arrow

पोखराबाट युवा संघले नयाँ नेतृत्व चुन्दै, खड्का उपाध्यक्षका दाबेदार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
dhurba-khadka-uml-yuba-sang.jpg
तस्बिर – ध्रुव खड्का ।

पोखरा । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन पोखरामा शुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । 

राष्ट्रिय युवा संघ नेपालका महासचिव सुमन पुरीले महाधिवेशनमा देशभरीका दुई हजार प्रतिनिधि सहभागी हुने जानकारी दिए ।

यसैबीच युवा संघको भावी नेतृत्वका लागि पाँच जनाभन्दा बढी प्रत्यासी देखिएका छन् । वर्तमान अध्यक्ष क्षितिज थेवे पुनः दोहोरिने चर्चा छ । साथै वर्तमान उपाध्यक्ष कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम तथा महासचिव सुमन पुरीले अध्यक्षका लागि दौडधूप शुरु गरिसकेका छन् ।

यस्तै महासचिवमा हालका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारीलगायत आकांक्षी छन् ।

अहिले राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी तीन सय ३९ सदस्यीय भए पनि अबको केन्द्रीय कमिटी एक सय ५१ सदस्यीय हुनेछ ।

उपाध्यक्षमा खड्काको दाबेदारी
यता उपाध्यक्षमा संखुवासभाका ध्रुव खड्का उपाध्यक्ष पदका लागि बलियो दाबेदारको रुपमा देखिएका छन् । तत्कालीन प्ररायु संघको युथफोर्स समयदेखि हालसम्म अनवरत रुपमा संगठनमा रहेर विभिन्न जिम्मेवारीलाई कुशलतापूर्वक निभाएका एक काबिल नेतृत्व गर्न सक्ने नेता हुन् ।

प्ररायु संघको क्षेत्रीय सदस्य, अनेरास्ववियुको कोशी प्रदेश सम्पर्क उपाध्यक्ष, अखिल फोर्स संयोजक आर आर क्याम्पस काठमाडौँ उपत्यका अखिल फोर्स कमिटी, युथफोर्सका विभिन्न कमिटी, अन्तर जिल्ला कमिटी अध्यक्ष संखुवासभा, केन्द्रीय खेलकुद विभाग सदस्य, लाहान अधिवेशन प्रतिनिधि, बुटवल अधिवेशनबाट केन्द्रीय लेखा आयोग सदस्य निर्वाचित, केन्द्रीय सदस्य र राष्ट्रिय युवा संघ नेपाल संखुवासभाको सहसंयोजकको रुपमा काम गरिसकेका छन् ।

यस्तै दुई कार्यकाल जिल्ला अध्यक्ष, सचिवालय सदस्य, स्थायी कमिटी सदस्य र कृषि विभाग प्रमुख, नेकपा एमाले संखुवासभाको विभिन्न कार्यकाल जिल्ला कमिटी सदस्य नेतृत्व गरिसकेका छन् । उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

सहज ढङ्गले स्वस्थ प्रतिस्पर्धाको आधारमा नेतृत्व चयन गर्ने साथै युवाको एउटा सिङ्गो पुस्तालाई आफ्नो क्षमता,आवस्यकता र प्रभावकारीता प्रस्तुत गर्न पनि उनले अपिल गरेका छन् ।

प्रयास सर्वसम्मत
यसैबीच राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट हुने नेतृत्व छनोट प्रक्रिया सर्वसम्मत गर्ने प्रयास थालिएको छ ।

सोही प्रयासस्वरुप पोखरामा एमाले नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत, किरण पौडेल लगायतका नेताहरू सहितको उपस्थितिमा बिहीबार साँझ युवा संघको पदाधिकारी बैठक बसेको थियो ।

नेतृत्व सर्वसम्मत गराउने गरी बैठकमा छलफल भएको बताइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ