arrow

बर्खा नलाग्दै बीपीको विजोग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
bp-highway-82-2-9-(9).jpg

काभ्रेपलाञ्चोका । गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण भएको छैन । अहिले पनि पानी पर्ने बित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रि–मनसुनकै समयमा यात्रुहरु ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रुपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रुपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ ।

असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्मे पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ ।

असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमीन (जग) बाटै पूर्ण रुपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ ।

पूर्ण रुपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन्।

bp-highway-82-2-9 (13).jpg
bp-highway-82-2-9 (12).jpg
bp-highway-82-2-9 (11).jpg
bp-highway-82-2-9 (10).jpg
bp-highway-82-2-9 (9).jpg
bp-highway-82-2-9 (8).jpg
bp-highway-82-2-9 (7).jpg
bp-highway-82-2-9 (6).jpg
bp-highway-82-2-9 (5).jpg
bp-highway-82-2-9 (4).jpg
bp-highway-82-2-9 (3).jpg
bp-highway-82-2-9 (2).jpg
bp-highway-82-2-9 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ