arrow

एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ९ शुक्रबार
uml-flag.png

धनुषा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव नेतृत्वको समूहलाई चयन गरेको छ। 

यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतले पराजित गर्दै विजयी भएका हुन्।

निर्वाचन समितिले दिएको जानकारीअनुसार, उपाध्यक्षमा तेजनारायण यादव, सचिवमा दीपनारायण ठाकुर र उपसचिवमा सविनविक्रम थापा विजयी भएका छन्। 

महिला उपसचिवतर्फ रुकाकुमारी मिश्र र लेखा समितिको संयोजकमा वीरेन्द्रलाल कर्ण निर्वाचित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ