काठमाडौँ । कारोबार साताको अन्तिम दिन धितोपत्र बजार मापक नेप्से परिसूचक सकारात्मक भएको छ । नेप्से १९.०४ अंक बढेर बन्द भएको छ ।
परिसूचक ०.७१ प्रतिशत बढेर २६८८.५५ विन्दुमा बन्द भएको हो । बिहीबार नौ अर्ब ८२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । बुधबार १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको थियो ।
बिहीबार १०४ कम्पनीको शेयर मूल्य बढेको छ । १४२ कम्पनीको शेयर मूल्य घटेको छ । सय पत्री हाइड्रोपावरको शेयर मूल्य स्थिर रह्यो ।